Monday, April 11, 2011

बिहानीको प्रभात कालमा आउँदै गरेको नयाँ सालमा

बिहानीको प्रभात कालमा
आउँदै गरेको नयाँ सालमा
म टोलाउदै बसी राखेको थिए झ्यालमा
शान्ती क्षेत्र अवश्य हुनेछ हाम्रो नेपाल भन्ने ख्यालमा

गाऊ उस्तै थियो हाम्रो
शहर अनी देश
परीवतन ल्याए मनमा
कहीलै नहुने आफू-आफुमा मेल
        
डगमगाउन सक्दैन थिए हामीलाई
बीस्वकै कुनै सक्तीले
आँखा सम्म लाउन दीने थिएनौ
मन भित्र रहेको राष्ट्यताको भक्तिले

आफू र आफ्नाले नबुझ्दा कुरा
सग्राम भयो देशै भरी
आफ्नो नितिको बाधक सम्झीदा आफ्नैलाई
मर्नु पर्दैछ किरा सारी
        
मानीस भएर जन्म लीयै यो नेपाल देशमा
आफू-आफ्नामा बैरभाव ल्याउन खोज्ने धेरै छन् सोचमा
सुगम क्षेत्रमा नी बस्छौ हामी, दुर्गम अनी खोचमा
हामी हामी मील्नेछौ आवश्य, देशको बिकास गर्ने जोशमा

           प्रकाश कार्की    
            भद्रपुर -३
>>>>>>>>>>>>>>><<<<<<<<<<<<<<<<<<<
>>>>>>>>>>>>>>><<<<<<<<<<<<<<<<<<<
>>>>>>>>>>>>>>><<<<<<<<<<<<<<<<<<<
      

1 comment: